प्रधानमन्त्री कप छनोट : तनहुँको दोस्रो जित

File photo
File photo

प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ।

पोखरामा जारी छनोटअन्तर्गत आज भएको खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको हो।

पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो। तनहुँले हालसम्म कास्कीलाई पराजित गर्न सकेको थिएन। पहिले व्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो। तनहुँका लागि सन्दीप पराजुलीले ४, विनय भण्डारी र प्रदीप अर्यालले २–२ विकेट लिए।

दोस्रो व्याटिङ गरेको तनहुँले पाँच विकेट बाँकी रहँदै लक्ष्य भेट्याउँदै विजय हासिल गरेको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिए। खेलमा तनहुँका समिर कंडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित भएका छन्। छनोट खेलअन्तर्गत शनिबार तनहुँले नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-10-21 17:57:00

प्रतिकृया दिनुहोस्