निष्प्राण राजनीति कहिलेसम्म ?

BreaknLinks
BreaknLinks

राजनीतिले नेतालाई साथ लिएर हिँड्नु पथ्र्यो। तर, यसो हुन सकिरहेको छैन। राजनीतिले नेता छोडेको अवस्था छ। यस्तै खालको समस्यामा देश रुमलिएको छ। खासमा नेताले नेतृत्व दिनुपर्ने हो तर त्यो हुन सकेको छैन। उनीहरू आफैं रुमलिएका देखिन्छन्। ठूला नेताहरूले वक्तव्य दिनुहुन्छ, नेतृत्व दिनु हुन्न। देश विकास गर्न वक्तव्य होइन, नेतृत्व चाहिन्छ।

अझ निस्वार्थ नेतृत्व आजको आवश्यकता हो। आजको नेपाली राजनीतिमा हिजो नाम चलेका व्यक्तित्व हुनुहुन्छ। आजका लागि आजकै नेता, अझ युवा नेता देशका लागि खाँचो हो।

पुराना नेताहरूको व्यक्तिगत त्याग, तपस्या र समर्पण आआफ्नो ठाउँमा छ। २०४६ सालमा प्रजातन्त्र आएपछि पनि थुप्रै शासन व्यवस्था देख्ने भोग्ने जनताले आखिर के पाए ? यो समीक्षा दल र नेताबीच हुनुपर्ने होइन ? 

प्रकाशित मिति: : 2022-10-23 13:39:00

प्रतिकृया दिनुहोस्