अमृता सिंह : टुट्यो विवाह, गुम्यो करियर

File Photo
File Photo

बलिउड अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानले सन् १९९१ मा विवाह गरे। आफ्नो विवाहले यो जोडी दंग थिए, किनकी विवाहकै लागि उनीहरूले कैयौं निर्णय लिएका थिए।

उमेरले सैफ अमृताभन्दा १४ वर्ष कान्छा थिए। करियरको मामलामा पनि सैफ र अमृताको करियर आकाश पातालको फरक थियो। अमृता स्टारडममा रमाइरहँदा सैफ भने करियर बनाउन संघर्षरत थिए।

सैफ कामको खोजीमा थिए र जुन काम पाउँथे, त्यसको खासै महत्व हुँदैन थियो। तर, भाग्यमा जे पाउनु थियो, त्यो पाए। अमृतासँगकाे विवाहपछि सैफले करियर त बनाए, तर अमृताले के पाइँन ?

अमृतासँग विवाह गरेपछि सैफको भाग्यको ढोका खुल्यो। उनको सुस्त करियर तिब्र रुपले चल्न थाल्यो। उनले काम पाउन थाले, दर्शकले मन पराउन थाले। एक समय यस्तो पनि आयो कि सैफको ‘चार्मिङ लुक्स’ देखेर युवतीहरु मोहित भए।

तर अमृताले के पाइँन् ? सैफसँग विवाह हुँदा उनी बलिउडकी जल्दोबल्दो अभिनेत्री थिइन्। दर्शकहरु उनलाई मनपराउँथे। ठूला स्टारसँग काम गरेपछि पाएको सफलताले उनी उत्साहित थिइन्। तर, सैफसँगsf] विवाहपछि उनको करियरको उल्टो गिन्ती सुरु भयो।

सैफसँग विवाह पछि २–३ वर्ष अमृता केही फिल्ममा मात्र देखिइन्। तर विस्तारै उनले फिल्म पाउन नै छाडिन्। घर परिवारको जिम्मेवारीमा परेपछि उनले फिल्मबाट दूरी बनाइन्।

सैफको करियर चम्किइरहँदा अमृताको चमक भने फिका हुँदै गएको थियो। अन्ततः आमा बनेपछि अमृता सन् १९९५ देखि पूर्ण रुपमा फिल्मबाट टाढिइन्।

जुन सम्बन्धका लागि अमृताले सबै छोडिन्, त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन। सैफ र अमृताको सम्बन्धमा आएको दरार पहिलाको जस्तो सन्तुलिन रहन सकेन। छोरा इब्राहिमको जन्मपछि दुवैको सम्बन्ध बिग्रियो र सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरे।

प्रकाशित मिति: : 2022-10-29 10:39:00

प्रतिकृया दिनुहोस्