अयोग्य र अनैतिक उम्मेदवार घटाउन 'भेटिङ'

हिमाल खबर

विक्रम सुब्बा

कुनै व्यक्तिलाई पदमा बहाली गर्न, चुनावमा उम्मेदवार बनाउन र पुरस्कार दिने निर्णय गर्नुअघि ऊ हरेक हिसाबले उपयुक्त, नैतिकवान्, विवादरहित हो या होइन भनी विस्तृत जाँच गर्ने कार्य हो, 'भेटिङ'। भेटिङ अनेक सन्दर्भमा गरिन्छ। जस्तै, कुनै क्रान्तिपछिको संक्रमणकालीन अवस्थामा पनि गरिन्छ। निकट विगतको उथलपुथलका वेला पक्ष-विपक्षमा संलग्न मानिसहरूले मानव अधिकार हनन गरे कि गरेनन् भनेर जाँच गरी कसूरमुक्तलाई मात्र कुनै पद लिन योग्य भनी निर्क्यौल गरिन्छ।

अर्को, कर्मचारी छनोटमा पनि भेटिङ गरिन्छ। प्रतिस्पर्धात्मक युगमा महत्त्वपूर्ण पदका निम्ति सक्षम उम्मेदवारहरूमध्येबाट पनि सबैभन्दा उपयुक्त कुनै एक छनोट गर्न भेटिङ गरिन्छ। तर, भेटिङ गरिनेबारे उम्मेदवारसँग लिखित अनुमति लिएको हुनुपर्छ। भेटिङका सिलसिलामा थाहा भएका उम्मेदवारका व्यक्तिगत सूचना गोप्य राख्ने, दुरुपयोग नगर्ने व्यावसायिक नैतिकता कायम गरिनुपर्छ।
 

प्रकाशित मिति: : 2022-10-29 11:52:00

प्रतिकृया दिनुहोस्