प्रेमीको बिहेको निम्तो!

सेतोपाटी

सम्झना उप्रेती

कहाँ जाऊँ म यो सहर छोडेर। यो सहरको हरेक चोकमा तिमीसँग जोडिएका असीमित कहानी छन्, जुन मेरो आँखाबाट आँसु बनेर बगिरहन्छ। खै! कहाँ लेख्न सकिन्छ यी मुटुमा बसेका जिन्दगीका हिसाब-किताब।

अब तिमीसँग बिताएका यादहरूसँगै जीवन बिताउनुपर्ने बाध्यता आइसकेको छ। म त गरिब की छोरी, अभावै अभावमा हाँसी हाँसी जिउन सिकेको छु। सायद यही कुरा थाहा पाएर छोडेका हौला तिमीले पनि, तर त्यो त थाहा छैन।

जिन्दगी त एउटा बगेको खोला हो। कहिले आँधी आउँछ कहिले सललऽऽऽ गर्दै संग्लो पानी बगिरहन्छ। तर पनि खोला निरन्तर बगिरहन्छ। त्यस्तै हो मेरो जीवन पनि। म त भगवानले मेरो क्षमताको परीक्षा लिनुभएको ठान्दछु। कहिले कहिले लाग्छ गाउँबाट सहर पसेकी मैले तिमीलाई रोजेर आफ्नो औकातभन्दा बाहिर गएँ कि! यो घर अनि यसको छ त मलाई तिमीजस्तै प्यारो लाग्छ। मलाई यिनै चन्चले छतमा चलेका बतासका सुस्केराले जिस्क्याउँदै तिमीसँग भेट गराएको थियो।

प्रकाशित मिति: : 2022-10-29 13:59:00

प्रतिकृया दिनुहोस्