दक्षिण कोरियामा भागदौड मच्चिँदा कम्तीमा १५० जनाको मृत्यु

Lee Jin-Man – Associated Press

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाको मृत्यु भएको छ।

हेलोवीन उत्सव मनाउन जम्मा भएका मानिसहरू साँघुराे गल्लीमा फसेपछि एकाएक भागदौड मच्चिएकाे नेशनल फायर एजेन्सीका एक अधिकारीले जनाएका छन्।

भीडमा कुचलिएपछि कैयाैँकाे मृत्युसँगै १६० जनाभन्दा बढी मानिस गम्भीर घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएकाे छ। ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय मिडियाले जनाएकाे छ।

हेलोवीन पर्वकाे अवसरमा एउटा साँघुरो गल्लीभित्र भागदौड हुँदा घातक शान्तिकालीन दुर्घटना भएकाे अधिकारीहरू बताउँछन्। स्राेतका अनुसार उत्सवमा एक लाखभन्दा बढी मानिसहरू सहभागि भएकाे अनुमान छ।

ज्यान गुमाउनेहरूमा अधिकांश किशोर–किशोरी र दुई विदेशी नागरिक छन्।

'एकाएक भागदाैड मच्चियाे। मानिसहरू राेए, कराए तर कसैकाे केही लागेन,' एक २३ वर्षीय युवकले भने, 'मानिसहरू काँधमा काँध मिलाएर हिँडिरहेका थिए। त्यहाँ खुट्टा टेक्नका लागि ठाउँ पनि थिएन।'

प्रकाशित मिति: : 2022-10-30 05:54:00

प्रतिकृया दिनुहोस्