तोसिमाकाे उम्मेदवारी खारेजीविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डा. ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे विराेधमा काठमाडाैंकाे माइतीघरमा विराेध प्रदर्शन गरिएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर– ३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका समर्थकले साेमबार विराेध प्रदर्शन गरेका हुन्।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य भएकाे भन्दै निर्वाचन आयाेगले कार्कीकाे उम्मेदवारी खारेज गरिदिएकाे थियाे।

उनले आयोगको निर्णय विरुद्ध आज बिहान ११ बजे काठमाडाैँ जिल्ला अदालतमा रिट दायर समेत गरेकी छिन्।

 

प्रकाशित मिति: : 2022-10-31 11:56:00

प्रतिकृया दिनुहोस्