नेपाली राष्ट्रिय फुटबल टोलीले पाकिस्तानविरुद्धको एकदिने मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
नेपालले आगामी कार्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
पाकिस्तानले दुई वटा मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव राखेपनि अल नेपाल फुटबल एसोसियसन नेपाल (एन्फा) ले एकदिने मैत्रीपूर्ण खेलका लागि स्वीकार गरेको छ। एन्फाले मगंलबार नेपालले पाकिस्तानविरुद्ध खेल खेल्ने जानकारी दिएको थियो।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक प्रवेश कटुवालले उक्त मौकाको राम्रो सदुपयोग गरेर पाकिस्तानलाई हराउने बताएका थिए।
केहीदिन अघि मात्र मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले बन्द प्रशिक्षणमा ३० खेलाडीहरु राखेका छन्।