यो वैचारिक सङ्कटको समय हो?

हिमाल खबर

काठमाडौं

संघीय तथा प्रादेशिक निर्वाचनको तयारी हुँदै गर्दा स्थापित भनिएका पार्टीहरूबीच स्वच्छ प्रतिस्पर्धा होइन, फेरि पनि तात्कालिक स्वार्थकै आधारमा विचार र विवेकहीन गठबन्धन, भागबण्डाकै कर्मकाण्ड चल्ने छाँट देखिन्छ।

तर, स्थानीय निर्वाचनको नतीजासँगै आएको ‘स्वतन्त्र’ उम्मेदवारीको लहरले अपूर्व प्रभाव पारिरहेको छ। आशा र अन्योलकै बीच स्वतन्त्र उम्मेदवारहरू अझ बढी उत्साही देखिँदै छन्।

लोकतान्त्रिक र समाजवाद–उन्मुख भनिएको कलिलो गणतन्त्रमा नागरिक पूरै अभ्यस्त भइनसकेका वेला पुराना पार्टीहरूलाई चुनौती दिँदै हुन थालेको स्वतन्त्र उम्मेदवारी साँच्चै महत्त्वपूर्ण घटनाप्रवृत्ति हो कि अस्थायी प्रतिक्रियात्मक ‘मौसमी’ परिदृश्य मात्र? समयको यो बिन्दुमा लोकतन्त्रले सामना गर्नुपरेको एक नयाँ समस्या हो कि लोकतान्त्रिक इतिहासमा सुल्झिन नसकेका गुत्थीहरू फुकाउने नौलो प्रयत्न? यो हाम्रै देशको मात्र मामिला हो कि विश्वव्यापी प्रवृत्तिकै प्रकटीकरण? हाम्रा अघि प्रश्नहरू छन्।
 

प्रकाशित मिति: : 2022-11-02 17:45:00

प्रतिकृया दिनुहोस्