काठमाडौं क्षेत्र नम्बर १ ख को प्रदेशसभा सदस्य एमाले उम्मेदवार गणेश दुलालले महानगरपालिकाको वडा नम्बर–३१ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
भेटघाटका क्रममा दुलालले विगतमा गरेका कामले प्रभावित भएको भन्दै जनताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
हरेक वर्ष जनतासँग जनप्रतिनिधि कार्यक्रममार्फत समस्या सुन्ने र समाधान गर्ने नेताको रुपमा स्थापित भएको भन्दै जनताले दुलालको प्रशंसा गरेका थिए।
२०७४ को निर्वाचनमा निर्वाचित भएपछि दुलालको पहलमा वडा नम्बर–३१ मा भूमाफियाहरुले कब्जा गरेको सरकारी जग्गा सरकारको नाम ल्याउन सफल पनि भएको छ। उनले शिक्षा, स्वास्थ्य, र पार्क निर्माणमा योगदान गरेको छन्।
गत स्थानीय तहको निर्वाचनमा वडामा एमालेले नै जितेकाले अघिल्लो कार्यकालमा दुलाललाई काम गर्न सहज भएको भन्दै अहिले पनि एमालेकै उम्मेदवारलाई जिताउनुपर्ने जनताको मत रहेको छ।
दुलालले वडा, प्रदेश र प्रतिनिधिसभामा एउटै दलको उम्मेदवारले जितेको अवस्थामा विकास निर्माणका काम गर्न सहज हुने अनुभव गरेका छन्।
आगामी मंसिर ४ गते प्रदेशसभामा दुलाल र प्रतिनिधिसभामा किरण पौडेललाई विजयी गराएर काम गर्न सहज बनाउनुपर्ने दुलालको धारणामा जनताले ऐक्यवद्धता जनाएका छन्।
भेटघाटका क्रममा दुलालले जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गरेको बताए।
जनताको शक्तिबिना केही काम गर्न नसक्ने बताउँदै दुलालले जनप्रतिनिधिलाई जनताको साथ भएन भने पानीबिनाको माछा जस्तै हुने बताए।
प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका काम बाहेक प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने दुलालले बताएका छन्।
उनको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरको वडा नम्बर– ३१ मा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए।
आफ्नो निर्वाचन क्षेत्रको एउटा वटै वडा एमालेले जितेकाले आफूलाई चुनाव जित्न सहज हुने दुलालको भनाई छ।