डलरको मूल्यवृद्धिले समस्या

गोरखापत्र

काठमाडाैँ

विश्व बजारमा अमेरिकी डलरको मूल्य बढ्दै गएको छ। त्यसैले डलरको महत्व झन् बढ्दो छ। नेपालजस्ता अति कम विकसित मुलुकको अर्थतन्त्र आत्मनिर्भर नहुने र खाद्यान्न, लत्ताकपडालगायत औषधि र कच्चा पदार्थसमेत आयात गर्नुपर्ने बाध्यताकै कारण अमेरिकी डलरको सञ्चितिमा चाप पर्छ। हाम्रो अर्थतन्त्र आत्मनिर्भर छैन र अधिकांश वस्तु आयात गर्नु परिरहेको छ। आयातमा वृद्धि र निर्यातमा कमी हुँदा शोधनान्तर घाटा बढिरहेको छ। २० खर्बको आयात हुँदा केवल दुई खर्ब मात्र निर्यात गर्छौं कसरी देशको अर्थतन्त्र आत्मनिर्भर हुन सक्छ ?

त्यसैले जति विदेशी मुद्रा राज्यले प्राप्त गर्छ त्यो सबै आयातको भुक्तानीमा नै खर्च हुन्छ। हामीले जति नै विदेशबाट आयात गरेका हुन्छौँ, ती सबैको भुक्तानी अमेरिकी डलरमा नै गर्नुपर्ने हुन्छ। आयातमा धेरै भुक्तानी गर्ने, थोरै मात्र निर्यात गरेर विदेशीमा मुद्रा प्राप्त गर्ने हुँदा विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ। विदेशी मुद्रा सञ्चितिमा कमी हुँदा अहिले छ/सात महिनाको लागि मात्र पुग्ने विदेशी मुद्रा रहेको अवस्था छ।

प्रकाशित मिति: : 2022-11-04 17:00:00

प्रतिकृया दिनुहोस्