कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ। प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताए। बुद्ध शक्ति कराते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो।
कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु क्षेत्र नं ३ (१) का उम्मेदवार अर्जुनकुमार केसीले खेलकुदको माध्यमबाट यस क्षेत्रको खेलाडीहरुले राष्ट्रियस्तरमा अवसर पाउने बताए।
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार मेडलसहित प्रमाणपत्र रहेको आयोजक बुद्ध शक्ति कराते डोजोको संयोजक रामु सुनारले बताए।