गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन्। सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका उनले आइतबार आफू बसेको होटलमै झुण्डिने प्रयास गरेका हुन्।
सांगीतिक कार्यक्रमका लागि गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए। दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो।
सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन्। कोठाको ढोका खुल्लै रहेकाले झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको स्रोतले जनाएको छ।
दूतराज अहिले सामान्य अवस्थामा छन्। अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन।