विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ क्षेत्र नम्बर-३ कम्युनिस्टको गढ हो भन्दा फरक पर्दैन। तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर ३ पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छविले मतदाता मात्रै हैन कार्यकर्ता समेत रुष्ट देखिएका छन्।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा १० का स्थानीय रेवन्त अधिकारीले आफू २०४६ साल देखि एमालेको कार्यकर्ता रहए पनि यो पटक रेखा थापालाई मतदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।
उनले भने 'म २०४६ साल देखि एमालेको कार्यकर्ता हुँ, तर यो पटक रेखा बहिनीलाई भोट हाल्छु।'
उनले स्थानीयलाई प्रश्न गर्दै भने, 'लक्ष्मी पुज्नु हुन्छ हुन्न तपाईहरु, यत्ती भन्दिनुस् । एउटा नारीले के गर्न सक्दैन ? प्लेन उडाको छैन ? देश चलाको छैन ? तपाईं हामीले एउटा स्वच्छ छवि भएको नारीलाई चुन्न पाउनु नै गौरवको कुरा हो।'
उनले पौराणिक कालमा राक्षस र देवीको युद्ध हुँदा देवीको जित भएको स्मरण गर्दै भने, 'राक्षस र देवीको युद्धमा जित देवीको भएको थियो त्यी देवी पनि नारी हुन् भन्ने कुरा हामीले भुल्न हुँदैन।'
कसले मार्ला बाज्जी ?
यसरी अन्य पार्टीका सक्रिय कार्यकर्ता नै नेतृत्वबाट निराश हुँदै जाँदा थापा झनै बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएको स्थानियको बुझाई छ।
विवादित छवि भएका एमालेका ढकाललाई नै दोहोर्याउनु पार्टीको लागि समेत घातक हुन् सक्ने अनुमान यतिबेला स्थानीयले गर्न थालेका छन्।
त्यसो त एमालेको विवाद छवि भएका उमेदवार र गठबन्धन भित्र हुन सक्ने सम्भावित अन्तर्घातकाबीच रेखाले नतिजा हात पर्न सक्ने आँकलन पनि आम मतदातामा नभएको हैन।
गत स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र देखिएको अनतर्घात र काँग्रेस भित्रको गुठगत द्वन्दले पनि यो आँकलन स्वाभाविक हो। यता राप्रपाको कमजोर संगठन नै रेखाको कम्जोरी नहोला भन्न सकिन्न।
संगठनको आढमा फेरि पनि जित हात पार्ने दाउमा रहेका एमालेका ढकाल, गठबन्धनको बलमा चुनाबमा होमीएका काँग्रेसका सुनिल शर्मा र मतदातामा परिवर्तनको आवहान गर्दै हिँडेकी थापा मध्य नतिजा कसले हात पार्ला ? यो यसै भन्न सकिने अवस्था छैन।