चार हजारमा दुई साथीले सुरू गरेको 'डिस', महिनामा डेढ लाखको कारोबार

सेतोपाटी

सविना कार्की

फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो।

उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा 'डिस' नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो।

सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड 'डिस' थप्ने निधो गरे।

प्रकाशित मिति: : 2022-11-09 16:21:00

प्रतिकृया दिनुहोस्