नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
उम्मेदवारको निधन भएपछि आयोगले नयाँ कार्यक्रम सार्वजनिक गरेको हो। आयोगका अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसले मात्र नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न पाउने छ।
निर्वाचन आयोगको निर्णयअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसले कार्तिक २४ गते मनोनय दर्ता गराउने छ। २५ गते उक्त उम्मेदवारविरुद्ध दावी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
मतदानको एकसाताअघि नै उम्मेदवारको निधन भएकाले तोकिएकै समय (मंसिर ४) मा चुनाव हुने आयोगले जनाएको छ।
मोरङ ३‘क’ मा कांग्रेसबाट उम्मेदवार बनेका प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको निमोनियाका कारण बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो।