तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन : निर्वाचन आयोग

File Photo
File Photo

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार–प्रसार गर्न रोक नलगाएको प्रष्ट पारेको छ।

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रष्ट पारेको हो।

सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। यसअघि आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य भएर सरकारी सुविधा लिएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएपछि अदालतले तत्काल कार्यान्वयन नगर्न भन्दै आयोगको नाममा अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति: : 2022-11-09 18:03:00

प्रतिकृया दिनुहोस्