प्रजनन् समयमा जलचरको शिकार गर्ने ठकठके

रातोपाटी

विशालप्रसाद न्यौपाने
File Photo
File Photo

स्यालामयानडर्रिडे’ परिवार अन्तर्गत पर्ने ठकठकेलाई पानी छेपारो,पानी गोहोरो नामले पनि चिनिन्छ । यो हेर्दा पनि छेपारो,माउसुली वा गोहोरोजस्तो देखिन्छ । यो जीवको शरीर लाम्चो र रङ्ग खैरो हुन्छ । टाउको च्याप्टो र पुच्छर धरिलो जस्तो देखिन्छ ।

ठकठकेको थुतुनोदेखि पुच्छरसम्मको औसत लम्बाई ५.३ इन्चदेखि ६.७ इन्च लामो हुन्छ । यस जीवको पिठ्युँको दुबै किनारामा लहरै गिर्खा भेटिन्छ ।​ हालसालै हेर्पेटोलोजिस्ट तपिल प्रकाश राईको टिमले प्रकाशित गरेको शोधपत्र ‘एन अपडेटेड चेकलिस्ट अफ एम्फिबियनस् एन्ड रेपटाईल्स् अफ नेपाल’ अनुसार नेपालमा जम्मा ५७ प्रजातिको उभयचर पाइन्छ । 

त्यसमध्ये एक हो ठकठके । हेर्पेटोलोजिस्ट केआर खुम्बु,जनकराज खतिवडा,विवेक गौतम लगायतले पनि यसको जीवनबारे अनुसन्धान गरेका छन् ।

प्रकाशित मिति: : 2022-11-10 08:32:00

प्रतिकृया दिनुहोस्