मोरङ ३ ‘क’: आज मनोनयन दर्ता, को बन्ला नयाँ उम्मेदवार ?

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले आज नयाँ उम्मेदवारको मनोनयन दर्ता गराउँदै छ।

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसले मात्र नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न पाउने छ। आज नयाँ उम्मेदवारको मनोनय दर्ता गराउने र उम्मेदवारविरुद्ध दावी विरोधलगायतका प्रक्रिया पूरा गरेरर भोलि (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन आयोगले जनाएको छ।

आयोगले मनोनय दर्ताका बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने जनाएको छ।

को बन्ला त नयाँ उम्मेदवार ?

प्रदेश सभाका उम्मेदवार बनेका थापाको निधन भएपछि कांग्रेस वृत्तमा नयाँ उम्मेदवारको खोजी हुन थालेको छ। निर्वाचन आयोगले चुनावको मिति नसर्ने र कांग्रेसले नयाँ मनोनयन दर्ता गराउनुपर्ने सूचना जारी गरेपछि नेताहरु टिकटको लविङका छन्।

प्रदेश सभाका निवर्तमान संसद तथा संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले टिकट पाउने सम्भावना बढी रहेको कांग्रेस स्रोतले बताएको छ। उनी २०७४ को निर्वाचन यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, पछिल्लो समय शेखरचन्द्र थापाले टिकट पाएपछि उनी चुनावी गतिविधिमा सक्रिय थिएनन्।

राईसँगै पर्शुराम कार्कीले पनि टिकट पाउने सम्भावना रहेको छ। पथरीशनिश्चरे घर भएका उनी चुनावी अभियानमा अग्रपंतीमा खटिएका थिए।

नेपाली कांग्रेसको मोरङ जिल्ला कार्यसमितिले भने उम्मेदवार केन्द्रले टुंगो लगाएर पठाउने जनाएको छ।

प्रकाशित मिति: : 2022-11-10 09:54:00

प्रतिकृया दिनुहोस्