मैले चुनाव जिते युवाले रोजगारी खोज्न बाहिर जानु पर्दैन : मानबहादुर रावल (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

नेपाल प्रहरीका पूर्व एसएसपी एवम् नेपाली काँग्रेसका नेता हुन्, मानबहादुर रावल।

अवकाशपछि पनि आफ्नाे क्षेत्रको विकासमा लागिपरेका उनी अछाम क्षेत्र नं. २ (ख)बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन्। ३० वर्षसम्म नेपाल प्रहरीमा रहेर देश र जनताको सेवा गरेका उनी लामाे समयदेखि सामाजिक कार्यमा पनि सक्रिय थिए।

उनले अवकाशपछि न त व्यापार व्यवसाय गरे न त विलासी जीवन राेजे, बरू निरन्तर सामाजिक कार्यमा सक्रिय रहेका थिए। यसरी लामाे समय देशकाे सेवा र समाज सेवापछि राजनीतिमा हाेमिएका मानबहादुर रावलसँग बिएल नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ :


तपाईंको उम्मेदवारी किन ?

रिटायर्डसम्म पनि देश र नागरिककै सेवा गरेको हो। रिटायर्डपछि पनि सहज जीवन नै बिताउने भन्ने नै थियो। तर, अब हेर्दै जाँदा राजनीतिका जुन परिदृश्यहरु देखा परे र विगतमा पनि आफू सेवामा रहँदै गर्दा राजनीति पनि बुझ्ने काम त भयो। हिजो पनि जनताको सेवामै तल्लिन थिएँ, अब राजनीतिबाट सिधा जनताको सेवक हुन्छु। पहिला एमालेले यस क्षेत्रमा केही पनि काम नगरेको र मेलै नै यस क्षेत्रमा शिक्षा, रोजगारी, खानेपानीलगायत क्षेत्रमा विकास गर्नु पर्छ भनेर मैले उम्मेदवारी दिएकाे हाे।

तपाईंका चुनाव जित्ने आधार के–के हुन् ?

मेरो चुनाव जित्ने आधार भनेको मेरो स्वच्छ छवि हो। न त म विजेनश गर्छु, न ठेक्का पट्टा गर्छु, म खाली सामाजिक काम गर्छु। म अहिले पनि यहाँ भएका युवालाई कसरी गाउँमै रोजगारीमा जोड्न सकिन्छ भनेर नै अध्ययन गरिरहेको छु। मेरो क्षेत्रमा अहिले खानेपानी, बिजुली र भौतिक पूर्वाधारमा भइरहेको समस्याको समाधान गर्न हिँडिनै रहेको छु र मलाई यहीँका मतदाताहरुले पनि तपाईंले हाम्रो प्रतिनिधित्व गर्नुपर्छ भनेर भनिरहनुभएको छ। यो नै हो मेरो जित्ने आधार।

गठबन्धनको साझा उम्मेदवार तपाईं, गठबन्धनमा कत्तिकाे भर पर्नुभएकाे छ ?

गठबन्धनको साझा उम्मेदवार हो, म। मलाई गठबन्धनसँग पूरा विश्वास छ र मलाई गठबन्धनका साथी र मतदाताहरु धोका दिनु हुँदैन। मलाई समाजवादी र माओवादी केन्द्रबाट १०१ प्रतिशत सहयोग हुन्छ म निधृक्क छु। हामी सबै जान एकजुट भएर लागेका छौँ, यसमा कुनै समस्या छैन।

अरु नेता र तपाईंमा के फरक छ ?

मैले विगतमा गरेका क्रियाकलापहरू, मैले कार्यसम्पादन गरेका विषयहरू धेरैले बुझ्नुभएको छ। हरेक जनताको पिर मर्काका विषयमा काम गर्ने र विकासका लागि सम्बन्धित नियकायमा सहयोग गर्ने विषयमा जुन विगतमा काम गरेँ भोलिको जनताले चाहेको पनि त्यही हो। तर, पहिलाका नेताहरूले त्यो गर्न सक्नुभएन अब मैले गर्छु।

मान्छेहरुले ठुला–ठुला कुरा गर्छन्, काम गर्दैन्। मेरो यो उम्मेदवारी पहिलो पटक हो। म यो भन्दा पहिला कहीँ पनि उठेका छैन। नेताहरु आएर चुनावको बेलामा रोजगारी दिने, पैसा दिने, खाद्यन्न बाँड्ने काम गर्छन् तर अब जनता यस्ता भ्रममा पर्ने छैनन्। मतादाताले सही उम्मेदवारलाई जिताउनुहुन्छ भन्ने आशा गरेको छु र म रोजगारी दिने, पैसा दिने, खाद्यन्न बाँड्ने काम गर्दिनँ। बरु म अहिले मेरो क्षेत्र विकास गर्ने योजमा लिएर अगाडि बढेको छु।

राजनीति गरेर आएका नेताले भन्दा तपाईंले बढी गर्न सक्ने कामहरु के–के हुन ?

जसरी मैले हिजो अपराधको दुनियाँमा आफूलाई घर, परिवार नभनी उत्सर्गको रूपमा काम गरेँ, त्यसरी केही समय राजनीतिमार्फत नेपालीको सपना पूरा गर्नेछु।

मेलैँ यस क्षेत्रमा सुरुमा प्राथमिकतामा राखेर गर्ने काम भनेको शिक्षा क्षेत्रमा हो। यस क्षेत्रमा मानिसहरुले यहीँ नै राम्रो र गुणस्तरीय शिक्षा पाउनुपर्छ। कृषिमा यहाँ भएका मानिसहरुलाई आत्मनिर्भर बनाउने र यहाँका युवालाई कृषिमा जोड्ने काम म बाट हुन्छ। कृषि तालिमदेखि अनुदानको व्यवस्था मिलाउँदै जाने त्यसले गर्दा युवाहरु वैदोशिक रोजगारमा विदेश जानु पर्दैन।

खानेपानीमा भने मेरो विशेष जोड हुन्छ, जनताहरुले सफा खानेपानी पिउन पाउनुपर्छ। खानेपानी सफा भयाे भने मात्र यस क्षेत्रका जनताहरु रोगी हुँदैन नत्र भने स्वास्थ्यमा धेरै खालका समस्या हुन्छ। सडकलाई पूरा मर्मत गर्नुपर्छ, पहिला भएका प्रतिनिधिले केही काम गर्नुभएन अब मेलै यस क्षेत्रको प्रतिनिधि भएर शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सडकलाई विशेष प्रथामिकता दिएर काम गर्छु।

प्रकाशित मिति: : 2022-11-11 18:09:00

प्रतिकृया दिनुहोस्