पैसा बाँडेको आरोपमा ईश्वर पोखरेलका कार्यकर्ता प्रहरी नियन्त्रणमा

BreaknLinks
BreaknLinks

निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न पैसा बाँड्दै हिँडेने क्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवम् काठमाडाैँ– ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पाेखरेलका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

शुक्रबार साँझ पैसा बाँड्दै गर्दा उनीहरूलाई बूढानीलकण्ठ– ६ बाट प्रहरीले पक्राउ गरेकाे प्रहरी स्राेतकाे भनाइ छ।

पक्राउ पर्नेमा क्षेत्र नं. ५ (ख)का एमाले उम्मेदवार दीपक निराैला, बूढानीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालालिका अध्यक्ष प्रदीप डंगाेलसहितका कार्यकर्ताहरू रहेका छन्। 

आइतबार निर्वाचन भएकाेले अहिले माैन अवधि जारी छ। यसअवधिमा चुनाव प्रचारप्रसार तथा मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि क्रियाकलाप गर्न पाइँदैन।

भिडियाे:

प्रकाशित मिति: : 2022-11-18 22:15:00

प्रतिकृया दिनुहोस्