विश्वकपबाट बाहिरिए बेन्जेमा

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा कतारमा आयोजना हुने विश्वकपबाट बाहिरिएका छन्। प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका हुन्।

सन् २०२२ को बालोन डि’ओर विजेता बेन्जेमालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियोगिताको सुरुमा नै ठुलो झट्का लागेको छ। फ्रान्सको राष्ट्रिय टोलीले उनको खुट्टाको फिलाको मांशपेसीमा चोट लागेको र उनलाई निको हुन तीन हप्ता लाग्ने जानकारी दिएको छ। टोलीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति: : 2022-11-20 14:06:00

प्रतिकृया दिनुहोस्