रोल्पामा ३५ प्रतिशत मतदान

प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा दिउँसो ३ बजेसम्म रोल्पामा ३५ प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा हालसम्म अनुमानित ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पामा प्रमुख पदमबहादुर डाँगीले बताए।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको रोल्पामा मतदान स्थाल ८६ वटा र मतदान केन्द्र १ सय ७७ वटा रहेका छन्। यस्तै मतदाता संख्या १ लाख ४५ हजार ४ सय ७१ रहेको छ।

गत स्थानीय तहमा ६६ प्रतिशत मत खसेको रोल्पामा यस पटक करिब ४५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2022-11-20 17:19:00

प्रतिकृया दिनुहोस्