विश्वकप खेल्नुअघि मेस्सी भन्छन्–याे मेरो अन्तिम विश्वकप हो 

कतारमा आयोजना भइरहेको फिफा विश्वकप अन्तर्गत आज तेस्रो खेल हुदैँछ। 

जसअन्तर्गत पहिलो खेलमा समूह 'सी' को अर्जन्टिना र साउदी अरेबियाबीच हुनेछ भने दोस्रो खेल समूह 'डी' अन्तर्गत डेनमार्क र टुयुनिसा र समूह 'सी' अन्तर्गत मेक्सिको र पोलन्डबीच हुनेछ।

अर्जन्टिना र साउदी अरेबियाबीच हुने खेलअघि पत्रकार सम्मेलनमा अर्जन्टिनका कप्तना लियोनले मेस्सीले यो विश्वकप आफ्नाे अन्तिम विश्वकप भएकाे बताएका छन्। 

'मलाई एकदम खुसी लागिरहेको छ, यो पटकको विश्वकप मेरो अन्तिम विश्वकप हुनेछ' उनले भने, 'विश्वकप जित्ने मेराे सपना छ, त्यसैले याे अन्तिम माैका हाे, मेराे सपना पूरा गर्ने।' 

अर्जन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न सकेको छैन, मेस्सीले कप्तानी गरिरहेको समयमा सन २०१४ मा जर्मनीसगँ फाइनलमा हारेको थियो। 

आफू अहिले शारीरिक र मानिसक रुपमा 'फिट' भएको उनले बताए। त्यसैगरी पूरै टिम नै एकदम राम्राे भएकाे उनी बताउँछन्। 

अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेल यता एकपटक पनि हारेको छैन्।

प्रकाशित मिति: : 2022-11-22 12:22:00

प्रतिकृया दिनुहोस्