राजनीतिमा नयाँ के हो, नयाँ को हो?

अनलाइनखबर

टेकनारायण पाण्डे

जब पार्टीहरूका महाधिवेशन वा देशमा विभिन्न तहका निर्वाचनको सन्दर्भ चल्न थाल्छ, त्यतिबेला नयाँको खोजी र बहस चल्न थाल्छ। नयाँ हुनका लागि आधारभूत विशेषता, लक्षण वा योग्यता के हुन सक्छन् ?

प्रचलित कानुनले तोकेको योग्यता वा अयोग्यता भन्दा बाहिर गएर निर्वाचनको समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट खोजिएको नयाँले वास्तविक नयाँ रुपान्तरण सम्भव हुन्छ वा हुँदैन ? त्यसका लागि अब निर्वाचनको नतिजालगत्तै बृहत् बहस गरी नयाँ रुपान्तरण खोज्ने नै हो भने वर्तमान संविधान र प्रचलित कानुनमै समसामयिक सुधार तथा संशोधनको खोजी अनिवार्य देखिन्छ।

राजनीतिमा नयाँ के हो? नयाँ उमेर हो वा योग्यता, के हो? राजनीतिक अनुभव हो वा पारिवारिक विरासत? आर्थिक पृष्ठभूमि हो या सामाजिक भूमिका के हो? वा पेशागत तथा व्यावसायिक योग्यता के हो?

वा स्वच्छ चरित्र र सुशासनप्रतिको प्रतिबद्धता के हो? वा अन्य पेशा वा व्यावसायिक क्षेत्रको अनुभवसहितको राजनीतिमा आगमन हो? जुन वर्तमान राजनीतिक वृत्तमा छैन र नयाँबाट हामीले त्यसको परिपूर्ति गर्न खोजिरहेका छौं।

प्रकाशित मिति: : 2022-11-22 18:04:00

प्रतिकृया दिनुहोस्