बीएल ब्रेकिङ: बिप्लव समुहका मध्य-कमाण्डर ओली पक्राउ

बीएल

बिप्लव समूहका मध्य ब्यूरो कमाण्डर हेमन्तप्रकाश ओली 'सुर्दशन' पक्राउ परेका छन्। बिप्लव समूहका तेस्रो वरियताका ओलीलाई प्रहरीले  गएराति काभ्रेबाट पक्राउ गरेको हो। 

ओलीसँगै केन्द्रीयस्तरका आठ जना नेता तथा कार्यक्रर्ता पनि पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ। पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ रहेकाे प्रहरी जानकारी दिएको छ। 

गत चैत ४ गते ओलीका निकट सहयोगीसहित ४ जना काभ्रेबाट पक्राउ परेका थिए। उनीहरूले दिएको सूचनाको आधारमा कमाण्डर ओलीलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।  

ओलीको पक्राउबारे भने प्रहरीले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन।

विप्लव समूहबिरूद्ध अपरेशन चलाइरहेको सरकारका लागि यो एक महत्वपूर्ण उपलव्धि मानिएको छ। यसअघि  अर्का पोलिटब्युरो सदस्य मोहन कार्की पनि पक्राउ परेका थिए।

एनसेल मुख्यालयमा बम बिष्पोटपछि ओलीले फोन गर्दै घटनाको जिम्मा आफ्नो पार्टीले गराएको बताएका थिए। 

सो बेला उनले बम बिष्पोटबाट एक जनाको ज्यान गएकोमा पार्टी त्यसमा दुःखी भएको बताउँदै क्षतिपूर्ति समेत दिने बताएका थिए। 

ओलीलाई नै पक्राउ गर्न गत सात काभ्रेको काफल डाँडा पुगेको प्रहरी टोली खाली हात फर्केको थियो।

प्रकाशित मिति: : 2019-03-23 07:23:50

प्रतिकृया दिनुहोस्