अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा बुधबार सार्वजनिक बिदा

विश्वकपको पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २-१ ले हारपछि साउदी अरेबियामा बुधारबार सार्वजनिक बिदा दिने भएको छ। 

समूह ‘सी’अन्तर्गत बुधबार पहिलो हाफमा पेनाल्टीमार्फत लिएको ०-१ को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो। 

दोस्रो हाफको सुरुआती आठ मिनेटमै साउदीले गोल फर्कायो। साउदीले यो आफ्नो ऐतिहासिक जित भएर र अर्जेन्टिना जस्तो बलियो टिमलाई हराउन सफल भएकाले बुधाबार बिदाको घोषणा गरेको हो। 

साउदीका राजा सलमानले जितपछि बिदा दिने घोषणा गरेका हुन्।

प्रकाशित मिति: : 2022-11-22 22:37:00

प्रतिकृया दिनुहोस्