विश्वकप फुटबल: आजबाट दोस्रो राउन्ड सुरु, वेल्स र इरान भिड्दै

BreaknLinks
BreaknLinks

कतारमा आयोजना भइरहेको २२ औँ संस्करणको विश्वकप फुटबलमा यतिबेला क्वालिफाइंग खेल भइरहेको छ। 

सबै ३२ टिमले आफ्नो पहिलो खेल खेलिसकेका छन् भने आजबाट दोस्रो राउन्ड सुरु हुँदैछ। विश्वकप खेलका लागि बनेकाे ८ वटा रगंशालामा ६४ खेल हुनेछ।

शुक्रबार समूह (बी) का दुई टोली र समूह (ए) का दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। 

पहिलो खेल नेपाली समय अनुसार (३:४५) बजे समूह (बी) को वेल्स र इरान बीच हुनेछ, दोस्रो खेल (६: ४५) मा समूह (ए) को कतार र सेनेगल बीच हुने छ, तेस्रो खेल (९:४५) मा समूह (ए) को नेदारल्यान्डस र इक्वटेर बीच हुनेछ भने चौथौ खेल (१२: ४५) बजे इग्ंलान्ड र अमेरिकाबीच हुनेछ। 

विश्वकपको उद्दाघटन खेलमा इक्वटेरले कतारलाई २- ० ले पराजित गरेको थियो। इक्वटरका कप्तान इनर भ्यालेनसिले २ गोल गरी इक्वटेरलाई जिताएका थिए। समूह (ए) मा ३ अंक जोडी इक्वटर दोस्रो स्थानमा छ।

पहिलो खेलमा वेल्स र अमेरिकाका बीच १-१ को बराबरी भएको थियो, वेल्सका लागि गार्थे बाले र अमेरिकाको लागि टिमोटि वाइले खेलमा गोल गरेका थिए। समूह (बी) मा १–१ अंक जोडी वेल्स दोस्रो र अमेरिका तेस्रो स्थानमा छ।

समूह (ए) को नेदरल्यान्ड र सेनेगल बीच भएको खेलमा नेदरल्यान्डले सेनेगलाई २–० ले पराजित गरेकाे थियो। नेदरल्यान्डका लागि कोडि गापो र डायभी कालेसनले गोल गरेका थिए। त्यस्तै समूह अंकमा नेदरल्यान्डस ३ अंक जोडी पहिलो स्थानमा छ भने सेनेगल–२ ले तेस्रो स्थानमा छ।

त्यस्तै समूह (बी) को इग्लान्ड र इरानबीचको खेलमा इंग्लान्डले इरानलाई ६–२ ले हराएको थियो, इगलान्डका लागि जुडे बेलीनघाम, रहिम स्टेरिलग, मार्कस रासफर्ड, ज्याक गेरिलस, र बुकायो साकाले दुई गोल गरी जित हासिल गरेका थिए। त्यस्तै इरानका लागि म्हमेद तरेमीले दुई गोल गरेका थिए।

त्यस्तै समूह (बी) को इग्लान्ड ३ अंकले जोडी पहिलो स्थानमा छ भने, इरान ४ अंकले घटी अन्तिममा छ। समूह 'जी' को स्विट्जरलेन्ड र क्यामोरोनको खेलमा स्विट्जरलेन्डले क्यामोरोनलाई १–० ले हरायो स्विट्जरलेन्डका लागि बी एक्लोबले गोल गरेका थिए।समूह अंकमा स्विट्जरलेन्डले ३ अंक जोडी दोस् नम्बरमा छ भने क्यामरोन तेस्राे नम्बरमा छ।

समूह (एच) मा दक्षिण कोरिया र उरूग्गे बीच भएको खेलमा १ -१ को बराबरी भएको छ। समूह अंकमा दक्षिण कोरिया एक अंक जोडी दोसे र उरूग्गे १ अंक जोडी तेस्राे नम्बरमा छ। 

समूह एचको पोचुगल र घानाबीच भएको खेलमा  पोचुगलले घानालाई ३–२ ले हराएको छ। पोचुगलका लागि क्रिस्टानाे रोनाल्डो, जोए पफेलक्स र राफेलले गोल गरेका थिए भने घानाका लागि यान्डय एइ र ओसमानले गोल गरेका थिए। समूह चरणामा ३ अंक जोडी पोचुगल पहिलो स्थानमा छ भने घाना अन्तिममा छ। 

समूह (जी) मा भएको खेलमा ब्राजिल सेरिबियम २–० हराएको छर। ब्राजिलका लागि रिचार्जिलियोसनले गोल गरेका थिए। समूह अकंममा ब्राजिल पहिलो र सेरिबिया अन्तिम स्थानमा छ। 

प्रकाशित मिति: : 2022-11-25 11:50:00

प्रतिकृया दिनुहोस्