क्यामरुनलाई हराउँदै स्विट्जरल्याण्ड विजयी

File photo
File photo

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो। उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए। 

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ। समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ।

त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच  प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित मिति: : 2022-11-24 18:21:00

प्रतिकृया दिनुहोस्