विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

File photo
File photo

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।

यस बराबरी खेलसँगै समूह एचमा रहेको उरुग्वे र दक्षिण कोरियाले समान एक–एक अङ्क जोडेका छन्। आजै यस समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन्। 

प्रकाशित मिति: : 2022-11-24 21:19:00

प्रतिकृया दिनुहोस्