कतार विश्वकपकाे ‘फ्यान जोन’मा सयथरी बाजा एउटै ताल...(फाेटाे/भिडियाे)

नेपाली कलारकारको टोलीले दोहामा जारी फिफा विश्वकपमा सांगीतिक प्रस्तुति दिएको छ।

कतारमा कार्यरत नेपाली कलाकारले फिफा विश्वकपको फ्यान जोनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन्।

सनैयास्थित एसियन टाउनमा शुक्रबार नेपालकोतर्फबाट सयथरी बाजा एउटै ताल बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। कतार सुप्रिम कमिटीसँगको समन्वय गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेको हो।

आप्रवासी श्रमिकलाई लक्षित गर्दै कतारले दोहालगायतका विभिन्न ठाउँहरुमा फ्यान जोनको व्यवस्था गरेको छ।

रंगशालाको टिकट नभएका नेपालीलगायतका आप्रवासी श्रमिकले प्यान जोनबाट विश्वकपको मजा लिइरहेका छन्। प्यान जोनहरुमा विभिन्न देशका कलाकारहरुले सांगीतिक कार्यक्रम गरेर दर्शकलाई नचाइरहेका छन्।

भिडियाे :

प्रकाशित मिति: : 2022-11-26 15:25:00

प्रतिकृया दिनुहोस्