रविको दोस्रो 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट

उकेरा

केपी ढुंगाना

रवि लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदनमा लेखेका थिए' उपरोक्त सम्बन्धमा म मे १७, २०१८ सम्म अमेरिकी राहदानी बाहक रहेको तर मे १८ शुक्रवारका दिनबाट सम्पूर्ण प्रक्रिया पुरा गरी काठमाडौँस्थित अमेरिकी दूतावासमा रु २ लाख ५८ हजार दस्तुर समेत तिरी मसँग रहेको अमेरिकी पासपोर्ट र अमेरिकी नागरिकता बुझाइसकेको ब्यहोरा सगर्व जानकारी गराउँदछु।'

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको विवरणले पनि त्यही देखाउँछ।

उकेराले प्राप्त गरेको उनको राहदानीको जारी मितिले उनी अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी समेत लिएको पुष्टि भएको छ।

उनको नाममा परराष्ट्र मन्त्रालयले जारी गरेको नेपाली राहदानीको जारी मिति रहेको छ २०१५ मे २७ अर्थात् २०७२ जेठ १३।

प्रकाशित मिति: : 2022-11-26 20:42:00

प्रतिकृया दिनुहोस्