स्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन घोराहीले ‘प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता’ गर्दैछ। यसअघि प्याब्सनले रनिङ शिल्ड प्रतियोगिता गरेको थिएन।
बिहीबार (मंसिर १५ गते)देखि घोराहीमा रनिङ शिल्ड प्रतियोगिता हुने प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए। मंगलबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले खेल तीन दिनसम्म चल्ने बताए। खेल शनिबार समापन हुनेछ।
विद्यार्थीहरुलाई खेलमा अभिप्रेरित गर्नुका साथै राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन सक्ने गरी खेलाडी उत्पादन गर्नका लागि प्याब्सनकै अगुवाईमा रनिङ शिल्ड गर्न लागिएको अध्यक्ष चन्दको भनाइ छ।
उनकाअुनसार तीन दिन भविबल, कपर्दी, लङ, ट्रिपल, हाई जम्प, ज्याब्लिङ थ्रो, रिले दौडलगायत खेलहरु हुने छन्।
छात्रका लागि भलिबल, छात्र/छात्राका लागि १००, २००, ४००, ८००, १५०० मिटरको दौड, रिले दौड, लङ, ट्रिपल, हाई जम्प, सट फुट, ज्याब्लिङ थ्रो हुने छन्।
यस्तै कक्षा ७ सम्मका लागि विद्यार्थीका लागि ६० मिटरको दौड र लङ जम्प पनि हुने छ। यी खेलमा पनि छात्र/छात्रा दुबैका लागि नै हुने अध्यक्ष चन्दले बताए। विशेष गरेर कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु खेलमा सहभागी गराइने छ।
प्याब्सन घोराहीमा ५८ विद्यालयहरु छन्। जसबाट ३६ वटा स्कुलले अहिलेसम्म खेलमा सहभागी हुनका लागि नाम दर्ता गरिसकेका छन्। खेलमा सहभागि हुनका लागि शुल्क ५ हजार तोकिएको छ।
विजेता हुने खेलाडीहरुले मेडल, प्रमाण–पत्र दिइने आयोजक प्याब्सन घोराहीले जनाएको छ।