सनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार आज हुने भएको छ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाए। सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ। लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन्।
आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गर्ल्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ। एकदिने प्रतियोगिताका खेल खहरेस्थित पाणेनी फुटसलमा हुनेछ।