बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

मोरक्को र क्रोएसियाले कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

बिहीबार राति समूह ‘एफ’को खेलमा आफू अनुकुल नतिजा निकाल्दै मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको हो।

अल थुमामा रंगशालामा मोरक्कोले कमजोर मानिएको क्यानाडामाथि २–१ को नतिजा हासिल गर्याे। मोरक्कोका लागि हाकिम जियाच र युसुफ इन नेसिरीले एक एक गोल गरेका थिए। नायेफ एगुर्डले आत्माघाति गोल गरेका थिए।

अहमद बिन अली रंगशालामा भएको अर्काे खेलमा बेल्जियम र क्रोएसिसयाले गोलरहित बराबरी खेलेका थिए। दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

खेलपछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेता भए। चार अंकमा सीमित बेल्जियम र बिना अंकको क्यानाडा प्रतियोगिताबाट बाहिरिए।

प्रकाशित मिति: : 2022-12-02 07:38:00

प्रतिकृया दिनुहोस्