कतार विश्वकप: आजदेखि प्रिक्वार्टरफाइनल खेल, को–कोसँग भिड्दैछन् ?

कतार विश्वकपले समुह चरणका खेलहरू सकिएलगतै अन्तिम १६ टीम पाएको छ। 

अन्तिम १६ मा युरोपबाट ८ टीम छानिदा बाँकि विश्वबाट पनि ८ टिम नै छानिएका छन्। छानिएका युरोेपेली टिमहरूमा फ्रान्स, इङ्ल्याण्ड, स्पेन, नेदरल्याण्ड्स, क्रोयसिया, पोर्चुगल, स्विट्जरल्याण्ड र पोल्याण्ड रहेका छन्। यसपटक युरोपबाट जर्मनी, डेनमार्क, बेल्जियमजस्ता फुटबल पावर हाउसहरू अघिल्लो चरणमा पुग्न सकेनन्। इटाली जस्तो शक्तिशाली टिम त कतारसम्म पनि आउन सकेको थिएन। 

यसैगरी एसियाबाट जापान र कोरिया पुगेका छन् भने उत्तर अमेरिकाबाट अमेरिका मात्र पुगेको छ। अफ्रिकाबाट मोरक्को र सेनेगल अघिल्लो चरणमा पुग्दा अस्ट्रेलिया पनि अन्तिम १६ मा पुगेको छ। 

दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा पुग्दा युरोपबाट ८ टिम पुगेका छन्। 

कतार विश्वकपले अन्तिम १६ टिम पाएसँगै प्रिक्वार्टरफाइनलको खेल समिकरण पनि पूरा भएको छ। 

कतार विश्वकपले समुह चरणका खेल सकिएलगतै अन्तिम १६ टीम पाउँदा प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ।  शनिबारदेखि सुरू हुने नकआउट चरणमा खेलसँगै विश्वकप अरू रोचक मोडमा पुग्नेछ।

 

शनिबारदेखि प्रिक्वार्टरफाइनल खेलहरू सुरू हुनेछन्। 

शनिबार पहिलो खेल अमेरिका र नेदरल्याण्ड्सबीच हुनेछ भने दोस्रो खेल अर्जेन्टिना र अस्ट्रेलियाबीच हुनेछ। आइतबार फ्रान्स र पोल्याण्ड तथा इङ्ल्याण्ड र सेनेगल आम्नेसाम्ने हुनेछन्। 

सोमबार पहिलो खेल जापान र  क्रोयसियाबीच हुनेछ भने दोस्रो खेल दक्षिण कोरिया र ब्राजिलबीच हुनेछ। 

मंगलबार प्रिक्वार्टरफाइनल चरणका अन्तिम दुई खेल हुनेछन्। पहिलो खेल मोरक्को र  स्पेनबीच हुनेछ भने दोस्रो खेल पोर्चुगल र स्विट्जरल्याण्डबीच हुनेछ। 

प्रिक्वार्टरफाइनमा पराजित टीम घर फर्कनेछन् भने विजयी टिमहरू शुक्रबारदेखि सुरू हुने क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। 

नकआउट चरणमा प्रवेश गरेसँग विश्वकपको सनसनी पनि अरू थपिएको छ।

प्रकाशित मिति: : 2022-12-03 07:20:00

प्रतिकृया दिनुहोस्