आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे। त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए। त्यस्तै आरिफ शेख एक रनमा आउट भए।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे। त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए। जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन्। स्कटल्याण्डले केहीबेरमा नेपालविरुद्ध जवाफी व्याटिङ थाल्दैछ।