विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ।
बिहीबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो।
नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ।
बिहीबार स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्यो।
नामिबियाका लागि विकेटकिपर-ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।