कतार विश्वकप सेमिफाइनल समिरकण पूरा

File Photo
File Photo

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो।

अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन्। युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पिन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गर्याे।

यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो। विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

सेमिफाइनल खेलहरु बुधबार र बिहिबार राति हुनेछन्। पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुबै खेल राति पौने एक बजे सुरु हुनेछ।
 

प्रकाशित मिति: : 2022-12-11 09:30:00

प्रतिकृया दिनुहोस्