कतारमा जारी विश्वकप–२०२२ काे दाैरानका क्रममा डिसेम्बर ९ मा भएकाे क्रोएसिया र ब्राजिलबीचकाे प्रतिस्पर्धामा यस्ताे एउटा दृश्य देखियाे, जसले सबैले ध्यान खिच्याे।
जहाँ क्रोएसियाकी माेडल तथा पूर्व मिस क्रोएसिया इभाना नोलले आफ्नो टोलीलाई समर्थन गर्न ‘सेक्सी ब्रा’ लगाएर उपस्थित भएकी थिइन्। उनी रातो, सेतो र निलो रङकाे ‘बिकिनी टप’ र ‘लेगिन्स’ मा थिइन्। जुन फाेटाे अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेकाे छ।
नोल हाल आफ्नो ‘सेक्सी’ पोशाकका कारण सामाजिक सञ्जालमा सनसनी बनिरहेकी छन्। सम्भवतः उनको यस प्रकारकाे पहिरनले कतारको नियम-कानुन उल्लङ्घन गरेको देखिन्छ।
गत शुक्रबार नोल उक्त पहिरनमा एजुकेशन सिटी स्टेडियममा उपस्थित हुँदा उनीसँग फाेटाे खिच्नेकाे भिड नै लागेकाे थियाे। तर, यस कुरालाई कतारले मध्यनजर गर्दै फाेटाे खिच्नबाट राेकेकाे थियाे।
आखिर काे हुन् इभाना नोल?
इभाना नोल एक लोकप्रिय क्रोएसियन मोडेल, कन्टेट राइटर, सोशल मिडिया इन्फ्लुएन्सर, टेलिभिजन पर्सनालिटी तथा व्यवसायी हुन्। उनी सामाजिक सञ्जालमा आकर्षक तस्बिरकाे लागि व्यापक रूपमा चिनिन्छिन्।
इभानाको जन्म सेप्टेम्बर १६, १९९२ मा जर्मनीको फ्रैंकफर्टमा भएको थियो। उनले आफ्नाे बाल्यकाल बोस्निया र हर्जगोभिनामा बिताइन्। तर, अहिले उनी क्रोएसियाको जाग्रेबमा बस्छिन्।
नोलले म्यानमारकाे ‘याङ्गुन अमेरिकन इन्टरनेसनल स्कुल’ बाट स्कुले शिक्षा पुरा गरेकी थिइन् भने स्नातककाे पढाइ क्रोएसियाकाे रिजेका विश्वविद्यालयबाट गरेकी हुन्।
कसरी सुरूवात भयाे माेडलिङ करिअर?
नोल आफ्नो प्रारम्भिक जीवनदेखि नै मोडलिङमा रुचि राख्थिन्। बाल्यकालदेखि नै मोडलिङमा रूचि भएकाले नाेलले स्कुलका धेरै मोडलिङ प्रतियोगिताहरूमा भाग लिने गर्थिन्।
उनले धेरै फेसन कम्पनी र मोडलिङ एजेन्सीमा काम गरिन्। तर सफलता भने प्राप्त भएकाे थिएन। जब उनी मिस क्रोएसिया वर्ल्ड २०१६ को फाइनलिस्ट भइन्, तब उनलाई सबैलाई चिन्न थाले।