बाटो बिराएको माओवादी आन्दोलन : आजको अवस्थामा आउनुका ७ कारण

लोकान्तर

रामकुमार शर्मा
lolaantar.com
lolaantar.com

नेकपा माओवादी पार्टीको जन्म जनताको मुक्तिका लागि भएको थियो, जुन नेपालका १०५ सम्भ्रान्त वर्गको विरुद्धमा र ९०५ श्रमजीवी, सर्वहारा एवं उत्पीडित नागरिकको पक्षमा थियो। माओवादी विद्रोह सर्वोच्च एवं क्रान्तिकारी आन्दोलन थियो। यो विद्रोह एक किसिमले शदियौंदेखि विभेदमा पारिएका बहुसंख्यक नेपाली नागरिकका लागि भएको थियो।

नेपाली समाज र राजनीतिक इतिहासको इमान्दारीपूर्वक मूल्यांकन गर्ने हो भन्ने नेपालमा तीनवटा महाअभियान र त्यसका तीन महानायक चन्द्र(सूर्यझैं अटल रहने छन्। तीमध्ये एक हुन्, पृथ्वीनारायण साह जसले विभिन्न टुक्रामा रहेका स-साना भू–भागलाई जोडेर नेपाल राज्यको विस्तार गर्ने काम गरे।


दोस्रो व्यक्तित्व हुन्, बीपी कोइराला। उनले निरंकुश सामन्ती राजतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका लागि कठोर संर्घषको नेतृत्व गरे। त्यस्तै तेस्रो व्यक्तित्व हुन्, पुष्पकमल दाहाल प्रचण्ड। उनले १० वर्षको कठोर जनयुद्ध र हजारौं जनताको बलिदानीको जगमा सामन्ती एवं निरंकुश राजतन्त्रलाई उखेलेर संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरे।

प्रकाशित मिति: : 2022-12-12 07:16:00

प्रतिकृया दिनुहोस्