रुकुम पूर्व-काठमाडौं सम्पर्क समितीद्वारा नवनिर्वाचित सांसदहरु सम्मानित (तस्विरहरू)

रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिले नवनिर्वाचित सांसदहरुलाई सम्मान कार्यक्रमम सम्पन्न गरेकाे छ। 

समितिले आम निर्वाचनका बिजयी उम्मेदवार, नेता/कार्यकर्ता तथा रुकुम पूर्वका काठमाडौं बासीको सहभागीतामा सोमबार दिउँसो सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे।

माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर घर्ती मगर, प्रदेश सभा सदस्य सुरुल पुन मगर समानुपातिक सदस्य दिल कुमारी बुढा मगर उपस्थिति रहेको कार्यक्रममा रुकुम पूर्व-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्रीकुमार बुढा मगरले सांसदहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्दै पुर्ण बहादुर घर्ती मगरले आफ्नो ५ पाँच बर्षे सफल कार्यकालको अनुभव सुनाउदैँ अन्य सांसदहरुलाई कार्यकाल सफल बनाउन जनताको बिचबाट संसद सम्म ध्यान दिन भने। त्यस्तै उनले उपस्थित नेताकार्यकर्तालाई पार्टीको पुनर्जीवनका लागि जनताको माझमा जानुपर्ने सुझाव समेत दिएका थिए।

त्यस्तै सुरुल पुनले आफ्नो कार्यकालमा जनता कसैलाई पनि काखापाखा नगरी सेवा गर्ने बताए। अर्का सांसद दिलकुमारी बुढाले आफ्नो क्षेत्रका समग्र महिलाहरुलाई मध्यनजर गर्दै महिला सशक्तिकरणका बिषयमा बिशेष जोड दिने बताएका छन्।

कार्यक्रममा सम्पर्क मंचका बरिष्ठ उपाध्यक्ष गोकुल गुरुङ क्रमश उपाध्यक्ष मदन रोका मगर, सुर्य कुमारी पुन, सुमित्री बुढा लगायत अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो। त्यस्तै मानबहादुर बुढा र गिता गहतराजको पनि लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-12-19 16:44:00

प्रतिकृया दिनुहोस्