सियारीमा शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता

रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ।

सियारी गाउँपालिका ४ दयानगरस्थित पव्लिक माविको खेल मैदानमा  शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो। महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गरेका हुन्।

महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हवको रुपमा विकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिए।

उनले शैक्षिक महोत्सवले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महोत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विद्यार्थीलाई सैद्धान्तीक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्नेमा जोड दिए। 

महोत्सवमा पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडिले विभिन्न बिधाका  खेलमा भाग लिएका छन्।

 

प्रकाशित मिति: : 2022-12-23 21:08:00

प्रतिकृया दिनुहोस्