बीच भलिबलः नेपालको विजयी सुरुवात

काभा बीच पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बंगलादेशमा भइरहेकाे बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो। 

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन्। 

आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। 

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ।
 

प्रकाशित मिति: : 2022-12-28 11:07:00

प्रतिकृया दिनुहोस्