'फूटपाथ व्यापारी'को पीडा : पेट पाल्न दिनदिनै नगर प्रहरीसँग छिनाझपटी ! [फोटो/भिडियो]

लोकान्तर

काठमाडाैं

पछाडि एउटा झोला, साइडमा अरू २ वटा अलि साना झोला भिरेकी छन् । दुवै हातमा लिएकी छन् ‘स्ट्रबेरी’को सानो–सानो प्याकेट । न्यूरोडको सडकपेटीमा हिँड्दै गरेकी ३८ वर्षीया माया खत्री पैदल हिँड्नेहरूलाई भन्दैछिन्, ‘ल स्ट्रबेरी लिनुस्, स्ट्रबेरी ।

’ ‘सडकमा राखेर बिक्री गर्न दिँदैनन् । यहीँ बट्टा (प्याकेट) बनाएर बिक्री गर्दै हिँड्ने हो,’ उनले भनिन्, ‘नगर प्रहरी आइहाले भने झोलामा राख्ने हो । त्यही पनि देखे भने खोस्न आइहाल्छन् ।’ 

दुःखजिलो गरी उनले सडकपेटीमा व्यापार गर्दै आएको वर्षौं भएको छ तर हिजोआज त्यो दुःख र तनाव निकै बढेर गएको सुनाउँछिन् खत्री ।

सडकपेटीमा व्यापार गर्दै हिँड्दा पनि कतिबेला नगर प्रहरी आएर सामान खोसिदिन्छन् भन्ने डरले घेरिरहन्छ उनलाई । चनाखो रहँदारहँदै कहिलेकाहीँ हातको सामान खोसिएको पनि छ । 

प्रकाशित मिति: : 2022-12-28 15:23:00

प्रतिकृया दिनुहोस्