नगराइनका अस्तव्यस्त स्कुल, एक महिनादेखि पढाइ ठप्प

सेतोपाटी

रोहित महतो

धनुषाको नगराइन नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर एक महिनादेखि आन्दोलनमा छन्। 

उनीहरूले गत साउनदेखि तलबभत्ता पाएका छैनन्। यसै कारण शिक्षकहरू विद्यालय बन्द गरेर मंसिर १५ गतेदेखि नगरपालिकाको कार्यालय परिसरमा धर्नामा बसेका छन्।

असार १० गतेभित्र भइसक्नु पर्ने नगरपरिषद बैठक अझै नहुँदा नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीसहित झन्डै तीन सय कर्मचारीले तलबभत्ता नपाएका हुन्। 

पालिकाभरका १६ वटा विद्यालय बन्द छन्। यसबाट करिब १० हजार विद्यार्थीको पठनपाठन ठप्प भएको छ। नगरपालिकाका जनप्रतिनिधिले पठनपाठन चालु गर्न चासो नदेखाएको राजेश्वर निधि माध्यमिक विद्यालय, नगराइनका प्रधानाध्यापक परमेन्द्र निधिको आरोप छ। 

प्रकाशित मिति: : 2023-01-01 17:56:00

प्रतिकृया दिनुहोस्