नेपाल टि- २० क्रिकेट प्रकरण: के भन्छन् सीआइबी र कमेन्ट्रेटर सचिन ?

काठमाडौँमा जारी नेपाल टि- २० क्रिकेट प्रतियोगिताभित्र उकुसमुकुस अवस्थामा रहेकाे विवाद मगंलबार बिहान अकस्मात विस्फाेट भयाे। सुरुदेखि नै कमेन्ट्री गरिरहेका सचिन तिमिल्सिनाले ‘म्याच फिक्सिङ’ भएकाे दाबी गर्दै प्रतियाेगिताबाट बाहिरिए।

त्यति बेला नै प्रतिस्पर्धा गर्न मैदनामा पुगेका काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सका खेलाडीहरुले पारिश्रमिक नपाएकाे भन्दै टस गर्नै मानेनन्। त्यसपछि प्रतियाेगितामा भइरहेका गैरकानुनी कार्यहरु एकपछि अर्काे गर्दै बाहिरिए। कतिसम्म भने खेलाडीहरुले आयाेजकबाट म्याच फिक्सिङकाे प्रस्ताव आएकाेसमेत खुलासा गरे। यसरी अहिले कीर्तिपूरस्थित टियू मैदानमा भइरहेकाे प्रयाेगिता एक किसिमले भाडभैलाेकाे अवस्थामा पुगकाे छ।

सुरुवातदेखि नै विवादित बनिरहेको उक्त लिगको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ। सिआइबीले आयाेजक नेपाल क्रिकेट संघ (क्यान)को आग्रहमा लिगबारे अनुसन्धान गरिरहेको सिआइबीका प्रवक्ता कमल थापाले बताए।

‘हामीले क्यानको आग्रहमा टि- २० क्रिकेट प्रतियोगितामाको सुरुआती चरणबाटै लिगमा हुने सटाबाजीहरुको बारेमा सर्वेक्षण गरिरहेको थियौँ र हिजो भएको घटनाबारे हामीले अनुसन्धान प्रक्रिया अघि बढाइसकेका छाैँ, यसको निष्कर्ष चाँडै आउनेछ,’ उनले बिएल नेपाली सेवासँग भने।

सीआइबीले यस्तो खालको सटाबाजी नेपालमा नहोस् र यस्तो प्रकारको सटाबाजीलाई चाँडैभन्दा चाँडै अन्त्य गर्न लागिपरेको सिआईबीले जनाएको छ।

‘हामीले खेलभर सर्वेक्षण गरिरहेका छौँ, अहिले सामाजिक सञ्जालभरि यस विषयमा क्यानको पनि संलग्न रहेको कुरा आइरहेको छ। यदि क्यानका केही व्यक्ति तथा अधिकारीहरु यसमा संलग्न भएको पाएमा उहाँहरु पनि कारबाहीमा पर्नुहुन्छ,’ थापालले भने।

टि- २० लिगको प्रायोजक हो, वान एक्स बेट। वान एक्स वेट नेपालमा अवैध हो। नेपालमा अवैध भनिएको वान एक्स वेट लिगकै प्रायोजक रहँदा म्याच फिक्सिङ र सटाबाजी हुने आंशका छ।

मगंलबार बिहान टि– २० मा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले नेपाल टि- २० लिगमा म्याच फिक्सिङ भएको आरोप लगाएका थिए। उनले आफूले क्रिकेटमा कहिले नदेखेको र नभोगेको कुराबाट अचमिम्त भएको बताए।

‘मलाई खेलको सुरुआतदेखि नै शंका लागि रहेको थियो। मैलै क्रिकेटमा कहिले नदेखेको र नभोगेको कुरा भोगेँ नेपाली क्रिकेट प्रति आशा मर्‍याे,’ उनले बिएल नेपाली सेवासँग भने,‘एउटा क्रिकेट प्रेमी भएको नातालले आफ्नै अगाडि यी सबै कुरा देख्दा भिडियो बनाउन बाध्य भए र कमेन्ट्री गर्न छाड्ने निर्णय गरे।’

सचिनले प्रतियोगिताको सुरुको दिनदेखि नै कमेन्ट्री गर्दा आइरहेका थिए। खेल दौरानभर नपात्याउने कुरा बारम्बार भइरहेपछि उनी एन्टी करम्पसनमा (anti- corruption) गएर दुई पटक रिपोट गरे सँग सँगै उनले क्यानका बोर्ड मेम्बरहरुलाई पनि यसबारे बताए।

‘म आफैँ क्रिकेट एकदमै रुचाउने मान्छे हो, नेपालमा यस्तो प्रकारको खेलहरु आयोजाना भएको एकदमै खुसी लागिरहेको थियो तर आफैँले कमेन्ट्री गर्दा गर्दा अप्रत्यातिस नतिजाहरु बारम्बार आइरहँदा मेलै दुई पटक एन्टी करम्पसनमा रिपोर्ट गरे र यसका साथै क्यानका केही बोर्ड मेम्बरहरुलाई यसबारे सचेत गराएँ तर उनीहरुबाट केही आएनन्, अन्तिममा आएर यो सबै आफ्नै अगाडि भइरहेको देख्न नसकेपछि कमेन्ट्री गर्न छाडेँ,’ सचिनले भने।

सचिनले आफू कमेन्ट्री भएकाले गर्दा क्यानका बोर्ड मेम्बरहरुलाई कागजतको आवश्यकहरु नभएको सोचेर मौखिक रुपमा उनीहरुलाई बारम्बार सचेत गराएको जनाएका छन्।

उनी भन्छन्,‘मलाई कागजपत्रको आवश्यकता पर्लाजस्तो लागेकाे थिएन, त्यही कारणले मेलै उहाँहरुलाई मौखिक रुपमा यस कुराबारे सचेत गराइरहे।’

प्रकाशित मिति: : 2023-01-04 17:45:00

प्रतिकृया दिनुहोस्