माओवादी प्रदेश १ को निर्णय: आलोपालो सहमति नभएसम्म सरकारमा नजाने

File Photo
File Photo

प्रदेश १ काे माओवादी संसदीय दलले आलोपालो सहमति नभएसम्म सरकारमा नजाने निर्णय गरेकाे छ।

सरकारमा सहभागिताका विषयमा सांसदहरुको फरकफरक धारणा आउन थालेपछि साेमबार बसेकाे संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

आइतबार साँझ गठबन्धनका केन्द्रीय नेताहरूले प्रदेश १ एमालेलाई दिने निर्णय गरेसँगै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरू सरकारमा नजाने घोषणा गरेका थिए।

आङ्बोले प्रदेश सांसदहरुसँग सल्लाह नगरी सरकारमा सहभागी नहुने घोषणा गरेकाे भन्दै विवाद भइरहेकाे छ।

प्रकाशित मिति: : 2023-01-09 13:49:00

प्रतिकृया दिनुहोस्