छातीबाट एउटा गह्रौं भारी बिसाएँ!

सेतोपाटी

अमृता लम्साल
File Photo
File Photo

मास्टेक्टमी (क्यान्सर भएको स्तन सर्जरी गरेर निकाल्ने) गरेको दसौं दिन बिहान उठेर पलङबाट खुट्टा झारेर बसेँ। यसो आफ्नो देब्रे हाततिर हेरेँ, लुगाको बाहुला दाहिनेतिरको भन्दा एक बित्ता लामो देखेँ।

कोठामा ममी पस्नुभयो, ममीलाई भनेँ– हेर्नू त ममी, अब त लुगा पनि एउटा हातको लामो र एउटाको छोटो हुने भएछ!

देब्रे स्तन नभएपछि, त्यो ठाउँमा बस्ने लुगाको भाग कुमतिर झरेर कुमको सिलाइ पाखुरासम्म आउने भएछ।

ममीले सान्त्वना दिनुभयो– त्यस्तो भएर के हुन्छ त! रोग फालियो भनेर चित्त बुझाउनु पर्छ।

प्रकाशित मिति: : 2023-01-18 09:26:00

प्रतिकृया दिनुहोस्