रोनाल्डो र मेस्सी आज दुई वर्षपछि आमने सामने हुँदै

विश्वप्रख्यात फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आज आम्नेसाम्ने हुने भएका छन्।

उनीहरु दुईजना आज दुई वर्षपछि आमने सामने हुन लागेका हुन्। 

पिएसजीले साउदीका दुई क्लब अल हिलाल र अल नासरसँग प्रतिस्पर्धा गर्न लागेको एपीएफले जनाएको छ।

रोनाल्डोको कप्तानीमा अल नासरले पिएसजीसगँ प्रतिस्पर्धा गर्न लागेको हो। रोनाल्डोले आज अल नासर क्लबाट पहिलो खेल खेल्न लागेको हो।

नेपाली समय अनुसार खेल राति ११ बजे साउदीको रियादस्थित किङ्ग फाहद स्टेडियममा हुने छ।

विश्वका दुई स्टारबीच हुने सो प्रतिस्पर्धालाई निक्कै महत्वका साथ लिइएको छ। गत डिसेम्बरमा कतार भएको फिफा विश्वकपको उपाधि जितेपछि मेसी गत साता पिएसजीमा पुनस् फर्किएका थिए। भने, रोनाल्डोलाई विश्वकपपछि साउदीको अल नासरले अनुबन्धन गरेको छ।

साउदीको रियादका क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सबैभन्दा सफल क्लब हुन्।

प्रकाशित मिति: : 2023-01-19 07:45:00

प्रतिकृया दिनुहोस्